श्री बि.टी. निर्माण सेवा प्रा.लि.

Form/Company Name: श्री बि.टी. निर्माण सेवा प्रा.लि.
Address: बत्तिसपुतली, काठमाडौं-9
Type: Civil Works
Start Date: 2025-06-21
End Date: 2026-06-21
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
श्री बि.टी. निर्माण सेवा प्रा.लि.
 
बत्तिसपुतली, काठमाडौं-9 
 
(मुख्य व्यक्ति: श्री माधव प्रसाद भण्डारी)।
 
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री  सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजना, सन्धिखर्क, अर्घाखाँची)
 
मिति २०८२/०३/०६ को कालोसूचीमा राख्ने निर्णय र सोबमोजिम मिति २०८२/०३/०७ मा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी मिति २०८२/०३/१० मा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी भएको हुँदा सोबमोजिम यस कार्यालयको वेबसाइटको कालोसूचीमा श्री बि.टि निर्माण सेवा प्रा लि.लाई suspend गरिएको थियो  ।
 
 
 
 उच्च अदालत पाटनबाट मिति २०८२/०३/१६ मा निवेदन माग बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गर्नु पर्ने अवस्थाको विद्यमानता नदेखिँदा यस अदालतबाट मिति २०८१/०३/१० मा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुपरेन भनी आदेश भएको हुँदा उक्त वि.टि निर्माण सेवा प्रा.लि. बत्तिसपुतली, काठमाडौं-९; (मुख्य व्यक्तिः श्री माधव प्रसाद भण्डारी) लाई यस कार्यालयको वेवसाइटको कालोसूचीमा पुनः active जनाईको व्यहोरा अनुरोध छ।
 
 
Show All
Balendra Shah
Balendra Shah Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649