श्री BKOI-JAYA BAGESDWORI-SISNE J.V

Form/Company Name: श्री BKOI-JAYA BAGESDWORI-SISNE J.V
Address: Nepalgunj-24, Banke
Type: Civil Works
Start Date: 2024-05-31
End Date: 2026-06-04
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
 

                                            1. BKOI Builders Pvt.Ltd., Tangal, Kathmandu।

(मुख्य व्यक्ति: श्री Hum Nath Koirala)

                                 2. Jaya Bageshwori Mata Construction Pvt.Ltd., Nepalgunj-24, Banke।

               (मुख्य व्यक्ति: श्री Yagya Bahadur Khatri)

                                           3. Sisne Construction Pvt.Ltd., Nepalgunj-02, Banke।

(मुख्य व्यक्ति: श्री Dipendra Shahi)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री कालिमाटी गाउँपालिका, गाउँपालिकाको कार्यालय, रामपुर, सल्यान।)
प्रस्तुत बिषयमा यस कार्यालयको मिति 20८१/०२/१७ को निर्णयानुसार मिति २०८१/०२/१८ बाट लागू हुने गरी श्री BKOI-JAYA BAGESDWORI-SISNE J.V., Nepalgunj-24, Banke लाई २ (दुई) वर्षका लागि कालो सूचीमा राख्ने निर्णय गरिएकोमा सम्मानित उच्च अदालत, पाटनको रिट नं. ०८१-WO-०३५० को रिट निवेदनमा मिति २०८१/०५/२७ भएको आदेश बमोजिम यस कार्यालयको मिति २०८१/०६/०२ को निर्णयानुसार कालोसूचीको निर्णय स्थगन गरिएकोमा सम्मानित अदालतको मिति २०८१/०६/०४ मा "...निवेदकलाई हाल कालोसूचीमा राख्ने उपर आएको प्रस्तुत रिट निवेदनमा निवेदकलाई कालोसूचीमा राखेको निर्णयको वैद्यताको परीक्षण प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो लाग्दा हुने विषय भएको हुंदा निवेदन माग बमोजिम हाल अन्तरिम आदेश जारी गरि रहनु परेन। परिणामतः यस अघि एक न्यायधिशको इजलासबाट भएको अल्पकालिन अन्तिम आदेशलाई निरन्तरता दिन मिलेन" भनी आदेश भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१क. बमोजिम यस कार्यालयले आफूले पहिले कालोसुचीमा राख्ने निर्णय गरेको मितिदेखि सम्मानित अदालतबाट अन्तरिम आदेश अनुसार कालोसूचीमा राख्ने निर्णय स्थगन हुनु अघि सम्म निज बोलपत्रदातालाई बोलपत्रको कारवाहीमा भाग लिन निषेध गरिएको अवधि कटाई बाँकी रहने अवधिको हिसाब गरी बाकी अवधिको लागि पुर्व निर्णय बमोजिम कालोसुचीको निर्णय कार्यान्वयन हुने गरी कालोसूचीको निर्णय स्थगन गरिएको समय मिति २०८१/०६/०२ गतेदेखि २०८१/०६/०६ गते सम्म गणना गरी मिति २०८३/०२/२१ गते सम्म हुने गरी मिति २०८१/०२/१७ मा कालोसूचीमा राख्ने गरी भएको निर्णय निरन्तरता गरी कालोसूचीको व्यहोरा वेवसाइटमा जनाइदिनु हुन यस कार्यालयको मिति २०8१।०६।०६ को निर्णयानुसार अनुरोध छ।
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ramchandra Dangal
Ramchandra Dangal Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649