श्री मृत सन्जिवनी-ग्याल्वा जे.भी.

Form/Company Name: श्री मृत सन्जिवनी-ग्याल्वा जे.भी.
Address: काठमाण्डौं।
Type: Civil Works
Start Date: 2025-01-02
End Date: 2027-01-02
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

  1. मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., हेटौडा।

 

(मुख्य व्यक्ति: श्री गौरी उप्रेती)

  1. ग्याल्वा कन्स्ट्रक्सन कम्पनी प्रा.लि., काठमाण्डौं।

           (मुख्य व्यक्ति: श्री नरहरि थपलिया)

 

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, चौरजहारी, रुकुम पश्चिम।)

 

निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, निवेदनको विषयवस्तुको गाम्भिर्यतालाई दृष्टिगत गर्दा दुवैपक्षलाई राखी छलफल गराई निष्कर्षमा पुग्दा उपयुक्त हुने देखिंदा मिति २०८१/१०/०६ का दिन अन्तरिम आदेश छलफलका निमित्त पेसी तोकी उक्त मिति २०८१/१०/०६ सम्म विपक्षी सार्वजनिक खरिद अनुगमन कार्यालयवाट मिति २०८१/०९/१७ मा निवेदकलाई कालो सूचिमा राखे गरी भएको निर्णय तथा सो निर्णय बमोजिमका कामकारबाही कार्यन्वयन नगर्नु, नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ भनी मिति २०८१/०९/२५ मा अल्पकालिन अन्तरिम आदेश भएकोले सो आदेश बमोजिम सो कालोसूचीको निर्णय स्थगन गरी वेबसाइटमा जनाइदिनु हुन यस कार्यालयको मिति २०८१।०९।२८ को निर्णयानुसार अनुरोध छ।
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Dipak Raj Nepal Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649