श्री कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लि.

Form/Company Name: श्री कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लि.
Address: निजगढ-८, बारा।
Type: Consulting Services
Start Date: 2025-02-18
End Date: 2026-02-18
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री सरोज कोइराला)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल, काठमाडौं।)

 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ मा कालोसूचिमा राख्ने प्रकृया एवं ऐ. को १४१(१४) मा कालोसूचिको कारवाही प्रकृया कालोसूचिमा राख अनुरोध भई आएको मितिले ६ महिनाभित्रमा गरिसक्नु पर्नेछ भन्ने व्यवस्था रहेको पाईन्छ। विपक्षी वैदेशिक रोजगार बोर्डको सचिवालयको च.नं. १४७१, मिति २०८१/०३/२८ को पत्रबाट निवेदकहरुलाई कालोसुचिमा राख विपक्षी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाए‌कोमा विपक्षी सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति २०८१/०३/२८ बाट ६ महिनाभित्र निवेदकलाई कालोसुचिमा राखे कारवाही गरी सक्नु पर्ने भन्ने उल्लेखित कानुनी व्यवस्था बमोजिम निवेदकहरुलाई कालोसुचिमा राखे अनुरोध प्राप्त गरेको मिति २०८१/०३/२८ बाट ६ महिनाभित्र कालोसुचिमा राखे कारबाही नगरी कानूनले तोकेको अवधि नघाई विपक्षी सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति २०८१/११/०५ मा मात्र कालोसुचिमा राख्ने गरी गरेको निर्णय प्रथम दृष्टीमै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१/१४) अनुकुल नदेखिदा एवं विपक्षीको कालोसूचिमा राखे निर्णय तत्काल कार्यान्वयन हुँदा निवेदकले आफ्नो आर्थिक एवं व्यावसायिक गतिविधि गर्न नपाउने भई निदेवकलाई अपुरणिय क्षति समेत पुग्न जाने भएकोले सुबिधा सन्तुलनको आधारमा प्रस्तुत निवेदनको अन्तिम किनारा नलागुन्जेल सम्म विपक्षी सार्वजनिक खरिद अनुगमन कार्यालयको निवेदकहरुलाई कालोसुचिमा राखे मिति २०८१/११/०५ को निजहरुको हकसम्मको निर्णय एवं सो निर्णय बमोजिम मिति २०८१/११/०६ मा प्रकाशित सार्वजनिक सुचना निवेदकहरुको हकमा कार्यान्वयन नगरी यथास्थितिमा राखू भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियमा ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ |
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649