Form/Company Name: | श्री बि.टी. निर्माण सेवा प्रा.लि. |
Address: | बत्तिसपुतली, काठमाडौं-9 |
Type: | Civil Works |
Start Date: | 2025-06-21 |
End Date: | 2026-06-21 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
श्री बि.टी. निर्माण सेवा प्रा.लि.
बत्तिसपुतली, काठमाडौं-9
(मुख्य व्यक्ति: श्री माधव प्रसाद भण्डारी)।
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजना, सन्धिखर्क, अर्घाखाँची)
मिति २०८२/०३/०६ को कालोसूचीमा राख्ने निर्णय र सोबमोजिम मिति २०८२/०३/०७ मा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी मिति २०८२/०३/१० मा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी भएको हुँदा सोबमोजिम यस कार्यालयको वेबसाइटको कालोसूचीमा श्री बि.टि निर्माण सेवा प्रा लि.लाई suspend गरिएको थियो ।
उच्च अदालत पाटनबाट मिति २०८२/०३/१६ मा निवेदन माग बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गर्नु पर्ने अवस्थाको विद्यमानता नदेखिँदा यस अदालतबाट मिति २०८१/०३/१० मा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुपरेन भनी आदेश भएको हुँदा उक्त वि.टि निर्माण सेवा प्रा.लि. बत्तिसपुतली, काठमाडौं-९; (मुख्य व्यक्तिः श्री माधव प्रसाद भण्डारी) लाई यस कार्यालयको वेवसाइटको कालोसूचीमा पुनः active जनाईको व्यहोरा अनुरोध छ।
|
Show All |